अर्धनग्न अवस्थामा फेला परेको शव पूर्वगाविस अध्यक्ष गोकुल यादवका छोरा
युवकको शव घाँटी थिचिएको अवस्थामा फेला

८ माघ, काठमाडौं । सोनमामा एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ।मृतक यादव सोनमा गाविसका पूर्वअध्यक्ष गोकुल यादवको छोरा रहेका छन्।
सोनमा गाउँपालिका–२ मा गाउँको छेउमा स्थानीय २९ वर्षीय ज्ञानु भनिने नरेन्द्र यादवको शव भेटिएको छ।
अर्धनग्न अवस्थामा रहेको उक्त युवकको शव घाँटी थिचिएको अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले हत्याको आशंका भएतापनि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए। यकिन विवरण पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि भन्न सकिने एसपी पोखरेलले बताए।