जस्टिन बिबरले हेलीलाई इन्स्टाग्राम मा अनफलो, भएको के हो ?
उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गदै हल्लालाई खारेज गरे

११ माघ, काठमाडौं । पपस्टार जस्टिन बिबरले सुपरमोडल हेली बिबरलाई इन्स्टाग्राम मा अनफलो गरेको खबर बाहिरिएपछि यी दुईबीच डिभोर्स हल्ला फैलिएको छ । यो हल्ला आफैमा सत्य भने होइन ।
पिपल म्यागजिनले यी दुईजना ‘ठीकठाक’ रहेको बताएको छ । स्रोतले म्यागजिनसँग भन्यो– उनीहरूको पारिवारिक जीवन राम्रो छ र एकअर्कालाई आफ्नो लक्ष्यमा अघि बढ्न प्रोत्साहन दिँदै रमाइलो गरिरहेका छन् ।’
स्रोतले जनाएअनुसार, हेली आफ्नो श्रीमान पुनः संगीतमा फर्किने कुरा मन पराउँछिन् र जस्टिनको रचनात्मक र कलात्मक पक्षमा रुचि राख्छिन् । उनले साथीहरू पनि बनाइरहन्छन् ।’ यो जोडीबारे लगातार डिभोर्सको हल्ला आउनुलाई स्रोतले दुःखद भन्यो ।
स्रोतले गरेको यो खुलासाले यो जोडीको वैवाहिक स्वर्गमा कुनैपनि समस्या नआएको भनेर प्रशंसकलाई आश्वस्त तुल्याउने प्रयत्न हुनुपर्छ । गायकले आफ्नी श्रीमतीलाई इन्स्टाग्राममा अनफलो गरेको खबर बाहिरिएपछि यी दुईबीच डिभोर्स हल्ला फैलिएको हो ।
यद्यपि, जस्टिनले हल्लालाई खण्डन गर्न धेरै समय लगाएनन् । उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गदै हल्लालाई खारेज गरे । कुनै व्यक्ति आफ्नो इन्स्टाग्राम ह्याण्डमा पुगेर हेलीलाई अनफलो गरेको भन्दै पिपल म्यागजिनले खबर लेखेको छ ।