कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक १८ माघमा बस्ने गरी बैठक आह्वान भएको छ

११ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संसद भवनको लोत्से हलमा बैठक बस्ने गरी आह्वान भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ। बैठकमा संसदमा विचाराधीन विधेयक, अध्यादेश लगायतका विषयमा पनि छलफल हुनेछ। एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकलाई प्राथमिकतामा राखेर अध्ययन गरिरहेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक १८ माघमा बस्ने गरी बैठक आह्वान भएको छ।