इंग्लिस प्रिमियर लिगमा लिभरपुललाइ छ अंकको अग्रता
१३ माघ, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार इपस्विच टाउनलाई ४–१ ले हराएसँगै शीर्ष स्थानमा आफ्नो छ अंकको अग्रतालाई कायम राखेको छ । यो जित सँगै लिभरपुरको ५३ अङ्क भएको छ । शनिबारै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । सिटीले चेल्सीलाई ३–१ गोलले हराएको हो । सिटी ४१ अङ्कसहित चौथो र चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ ।
गएराति आर्सनलले उल्भ्सलाई १–० गोलले हरायो । गएरातिकै अरू खेलमा एभर्टनले ब्राइटनलाई, बर्नमाउथले नटिङघम फरेस्टलाई र न्युक्यासलले साउथह्याम्प्टनलाई हराएका छन् ।