ट्रम्पले शरणार्थी पुनर्स्थापना रद्द गरेसँगै पाकिस्तानको शरणार्थी शिविरमा बसेका हजारौ अफगानीहरुको बिचल्ली

१३ माघ, काठमाडौं । अफगानिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि आफ्नो देश छोडेर छिमेकि देश पाकिस्तानको शरणार्थी शिविरमा बसेका हजारौ अफगानीहरुलाइ अमेरिकी राष्ट्रपतिको पछिल्लो कदमले झनै पिरोलिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकालाई सबै विद्यमान शरणार्थी पुनर्स्थापना रद्द गर्ने निर्णय गरेसँगै अस्थिरता र हिंसाको खतराको सामना गरिरहेका अफगानीहरुलाइ अमेरिका प्रवेश अन्योल बनेको छ ।
तालिबानले पुनः सत्ता कब्जा गरेदेखि तेहा महिलाको अधिकारलाई गम्भीर रूपमा प्रतिबन्धित गरेको छ, उनीहरूको सार्वजनिक रूपमा बोल्ने क्षमतामा पनि प्रतिबन्ध लगाएको छ।
यता अफगान युएसआरएपी ले ट्रम्पको उत्त आदेश बिनाशर्त फिर्ता हुनुपर्ने बताएको छ । अमेरिकाले दुई दशकदेखि देशमा आफ्नो सैन्य उपस्थितिलाई समर्थन गर्ने अफगानहरूप्रति आफ्नो जिम्मेवारी त्याग्न नहुने उनिहरुको तर्क छ ।
देशमा दुई दशक लामो युद्धको समयमा हजारौं अफगानहरूले अमेरिकी सशस्त्र सेना र अमेरिका समर्थित सरकारसँग काम गरेका थिए। अमेरिका समर्थित सरकारको पतन पछि, धेरैले तालिबानबाट प्रतिशोधको डर व्यक्त गरे र अमेरिकामा सुरक्षित आश्रय पाउने आशा गरे।
अफगानि नागरिकहरु धेरैले सहयोगीको रूपमा अमेरिकि मिसनलाई समर्थन गर्न आफ्नो जीवनलाई जोखिममा पारेका थिए
अनुमानित १५००० अफगानिहरू हाल छिमेकी पाकिस्तानमा पुनर्स्थापनाको लागि पर्खिरहेका छन्।
सोमबारको कार्यकारी आदेशमा, ट्रम्पको आफ्नो कार्यलाई आवश्यकको रूपमा रक्षा गरे, अमेरिकालाई आप्रवासीहरूको आगमनले अभिभूत भएको चित्रण गरे। संयुक्त राज्य अमेरिकामा ठूलो सङ्ख्यामा आप्रवासीहरू र विशेष गरी शरणार्थीहरूलाई आफ्नो समुदायमा समाहित गर्ने क्षमता छैन जसले अमेरिकीहरूका लागि स्रोतहरूको उपलब्धतामा सम्झौता गर्दैन कार्यकारी आदेशमा भनिएको छ।