पाथीभरा क्षेत्रका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै
‘नो केबलकार समूह’ आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी
१३ माघ, काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा र भागदौडका क्रममा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई काठमाडौं ल्याउन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादका अनुसार घाइते यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं ल्याउन लागिएको हो ।
घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव अनुसार अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको हो । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने,’ हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको हौं ।’
केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।