ललितपुरमा ‘स्वाइन फिभर’, फर्ममा ७० बंगुर मरे
३० कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिका २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बंगुर र सुंगुरमा (अफ्रिकन स्वाइन फिभर) देखा परेको छ ।
महानगरले २५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बंगुर र सुंगुरमा (स्वाइन फिभर) पुष्टि भएको बताएको छ । महानगरले नख्खु करिडोरको एक कृषि फर्ममा ६०–७० वटा बंगुर मरेपछि परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो ।
महानगर ले रोग फैलन नदिन उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।