काठमाडौं उपत्यकामा आंशिक बदली, तराईमा हुस्सु

तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने


१६ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका धेरै स्थानमा हुस्सु लागेको जनाएको छ । हुस्सु केही दिन कायम रहने सम्भावना छ ।

तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोधसमेत गरेका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बादल लाग्ने सम्भावना छ । त्यसैले केही चिसो अनुभव हुने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *