अमेरिकामा विमान दुर्घटना, ४० जनाको शव निकालियो

उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकाले

१८ माघ, काठमाडौं । आकाशमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको अमेरिकी एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको छ ।

अमेरिकाको वाशिंगटन डीसी नजिकै अमेरिकन एयरलाइन्सको विमान हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किदा विमानमा रहेका सबै ६४ जनाको मृत्यु भयो भने हेलिकप्टरमा रहेका तीन सैनिकको पनि मृत्यु भएको छ । विमान आकाशमा ठोक्किएपछि विमान हावामा दुई भागमा टुक्रिएर पोटोम्याक नदीमा खसेको थियो । यसपछि नदीमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो ।उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनमा उल्लेख छ।

जेट क्यान्ससबाट वासिङ्गटन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (एच–६०) हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न अनुसन्धानकर्मीहरूले हेलिकप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।

हेलिकप्टरमा सेनाका कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, ‘मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *