एकैदिन २३ सय बढ्यो सुन
सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ

१८ माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।
शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।