एलिनाले पति विष्णुसँग अंश र माना चामल नलिने

एलिनाले आफूमाथि हिंसा भएको वारेसमार्फत पठाएको मुद्दामा उल्लेख गरिएको छ

१८ माघ, काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी छन् ।

उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

गएको वैशाख ५ गते झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेका थिए, गायिका एलिना चौहान र विष्णु सापकोटाले । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरुबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरुले लगनगाँठो कसे ।

एलिनाले आफूमाथि हिंसा भएको वारेसमार्फत पठाएको मुद्दामा उल्लेख गरिएको छ ।

शुक्रबार दर्ता गरिएको फिरादमा उनले विष्णुले आफ्नो चरित्रमाथि शंका गरेको र वैवाहिक जीवन सुमधुर नभएको उल्लेख गरेकी छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *