अनलाइन जुवा प्रचारको आरोपमा देवरकोंडासहित २५ सेलिब्रेटीविरुद्ध मुद्दा

यसले गर्दा धेरै मानिस आर्थिक समस्यामा परिरहेको गुनासो समेत उल्लेख छ ।


७ चैत, काठमाडौं । भारतको तेलंगाना प्रहरीमा विजय देवराकोंडा, राणा दग्गुबाती, प्रकाश राज, मन्चु लक्ष्मी, प्रनिता, नीधि अग्रवाललगायत २५ तलिउड सेलिब्रेटी र इन्फ्लुएन्सरविरुद्ध अवैध सट्टेबाजी एप्सको प्रचार गरेको आरोपमा एफआईआर दर्ता भएको छ ।

३२ वर्षीय फणीन्द्र शर्मा नामक व्यापारीले हैदराबादको मियापुर प्रहरी चौकीमा रिपोर्ट दर्ता गरेका हुन् ।

यी बेटिंग एप प्लेटफर्मले जुवा कानून र नियमहरू, विशेष गरी १८६७ को सार्वजनिक जुवा ऐनको प्रत्यक्षरुपमा उल्लंघन गरेको भनिएको छ । ‘यो लतले गर्दा छोटो अवधिमा जोखिमपूर्ण रुपमा पैसा कमाउने व्यवहारलाई प्रोत्साहन गरेर व्यक्ति र समाजलाई हानि पुर्‍याएको छ, जसले गर्दा आर्थिक संकट निम्त्याउँछ’ उजुरीमा भनिएको छ ।
अनन्या, श्रीमुखी, सिरी हनुमन्थु, श्यामला, वर्षिनी, शोभा, नेहा, पाण्डु, पद्मावती, इमरान खान, विष्णु प्रिया, हर्षा साई, सन्नी यादव, टेस्टी तेजा र रितु नामक इन्फ्लुएन्सरलाई समेत मुद्दा दायर गरिएको जनाइएको छ ।

न्यूज एजेन्सी एनएनआईका अनुसार अभिनेता र सामाजिक सञ्जाल इन्फ्लुएन्सरले जानाजानी बेटिंग एपहरूको प्रचार गरिरहेको र समाजका युवाहरूलाई भ्रष्ट तुल्याएको आरोप छ । यसले गर्दा धेरै मानिस आर्थिक समस्यामा परिरहेको गुनासो समेत उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *