क्यानडाले पनि अमेरिकालाई २५ प्रतिशत नै कर लगाउने

क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन्


२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णयलाई अनुमोदन गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको प्रतिक्रिया दिएका छन्। क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ (शुल्क) लगाएको छ ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशतले र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतले ट्यारिफ लगाउने घोषणा गरेका थिए । क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र बिजुलीसहितका ऊर्जामा भने १० प्रतिशत मात्र ट्यारिफ लगाउने निर्णय अमेरिकाले गरेको छ ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री ट्रुडोले अमेरिकाको ट्यारिफ सामना गर्न तयार रहेको बताएका छन् । उनले प्रेस ब्रिफिङमा भनेका छन्, ‘हामी यस्तो चाहँदैनथ्यौं । ट्यारिफले केही वर्ष अगाडि भएको मुक्त व्यापार सम्झौताको उल्लंघन गर्दछ । तर यसको सामना गर्न क्यानडा तयार छ ।’ उनले अमेरिकाको यो निर्णयले अमेरिकी नागरिकलाई नै असर गर्ने पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *