हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको काम गर्दै आएकोले यसलाई टुक्याउन विधेयक ल्याउनुको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्


२० माघ, काठमाडौं ।संसद्मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । संसद्मा हवाहवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी ल्याइएका दुईवटा विधेयक संसदमा दर्ता भएका हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ संसद सचिवालयमा दर्ता गराएका हुन्।

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास तथा विस्तार गर्न,प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित,नियमित,स्तरीय र भरपर्दो बनाउन विधेयक पेश गरेको बताएका छन्।

यसैगरी मन्त्री पाण्डले नेपालमा आधुनिक,सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेसन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकाले यो विधेयक पेश गरेको बताएका छन्।

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको काम गर्दै आएकोले यसलाई टुक्याउन विधेयक ल्याउनुको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्।

यसअघि पनि संसदमा दर्ता भएका यी दुवै विधेयक सरकारले फिर्ता ल्याएको थियो। दर्ता भएका दुवै विधेयक पारित भए प्राधिकरण टुक्राउने बाटो खुल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *