एक तोला सुनको मूल्य १ लाख ६४ हजार नाघ्यो
सुनको मूल्य १ लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ

२२ माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ९ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार प्रतितोला चाँदी १९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदीको मूल्य १ हजार ८९५ रुपैयाँ कायम थियो।