धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको


२४ माघ, काठमाडौं । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले बताए । उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *