कमलपोखरीस्थित शानदार मःमः पसलमा सिलिण्डर विष्फोट : ११ जना घाइते, १ गम्भीर

उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ


२४ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा  ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मस्म पसलमा ग्याँस सिलिन्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ

घटनास्थलमा घरको सिलिङ सबै झरेकोले अन्य मानिस पनि छन् कि भनेर खोजी जारी राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केशव श्रेष्ठको घरमा मम पसल सञ्चालनमा थियो। थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *