कीर्तिपुरमा धमाधम सुरु हुँदै छ उम्मेदवारी दर्ता


२ मंसिर, काठमाडौं । मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।

राप्रपा, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर रहेका छन् भने नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवार दिएका छन् । त्यसतै गरि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जन उम्मेदवार बनेका छन् भने जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।

मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको राजधानी उपत्यकाको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनमा धेरैको चासो छ ।

कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *