कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको बताए ।

१३ फागुन, काठमाडौं । साथीको कोठामा अचेत अवस्थामा फेला परेका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।

धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।

धादिङको धुनीबेसी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।

उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको बताए ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *