पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

शाह आज उपचारपछि बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।


२२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार साँझ उनी हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

शाह आज उपचारपछि बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।

चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *