नक्कली फेसबुक आइडी खोली ठगी गर्ने धादिङका एक जना पक्राउ

प्रहरीले उनिबाट मोबाइल र बा. ५८ प २७७५ नम्बरको १५० सिसि भएको कालो रङको पल्सर मोटरसाईकल बरामद गरेको छ ।


२२ फागुन, काठमाडौं । सामाजिक संजाल फेसबुकमा फेक आइडी बनाई ठगी गरेको आरोपमा प्रहरीद्धारा एक जना व्यक्ति प्रकाउ परेका छन् । जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौं तार्केश्रर न.पा. ५ लोलाङ हाईटबाट २७ बर्षको नारायणदत्त खकुराल लाई प्रहरी टोलीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारमा रहेको व्यक्तिहरुको पहिचान गरि प्रोफाईल भिजिट गर्नुका साथै उनीहरुको आफन्तहरको समेत विवरण राखी नक्कली आईडी बनाई उक्त फेक आइडीमा विदेशमा रहेका व्यक्तिहरुको फोटो राखि सो आइडीबाट आफन्तहरुसँग म्यासेन्जरमा आफू र आफनो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफूलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्यूआरमा रकम पठाउनु भनि विभिन्न व्यक्तिहरुसगँ रकम माग गरी अपत्यकाको विभिन्न पसलमा गई मेरो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले पठाएको रकम निकल्न आफूसगँ बैंक खाता नभएको हुँदा हजुरको खातामा रकम आउँछ मलाई नगत दिई खातामा आएको रकम हजुर राख्नुहोस् भनि पसलहरुको क्यूआर पठाई रकम ठगी गर्दै हिडेका उनलाई तार्केश्ररबाट पक्राउ गरिएको जानकारी आएको छ ।

प्रहरीले उनिबाट मोबाइल र बा. ५८ प २७७५ नम्बरको १५० सिसि भएको कालो रङको पल्सर मोटरसाईकल बरामद गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *