मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर रहने
उनको खुट्टाको उपचारका बारेमा उनको उपचारमा संलग्न अर्थोपेडिक डाक्टर अमित जोशीले जानकारी दिएका हुन्।
२२ फागुन, काठमाडौं । युवा मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर हुने भएका छन्।
फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चीनको युनान प्रान्तसँगको मैत्रीपूर्ण खेलका क्रममा उनको खुट्टा भाँचिएको हो। उनको देब्रे खुट्टा ३ ठाउँमा भाँचिएको छ । उनको बी एण्ड बी अस्पतालमा अप्रेसन गरिएको हो।
उनको खुट्टाको उपचारका बारेमा उनको उपचारमा संलग्न अर्थोपेडिक डाक्टर अमित जोशीले जानकारी दिएका हुन्।
उनको हड्डीमा रड हालिएको कारण उनलाई रिहाबलाई हेर्दै जाने डाक्टरले बताए।
‘उनको हड्डी राम्रोसँग जोडिन मात्रै ९ देखि १० महिना लाग्ने भएकाले पूर्ण रूपमा सन्चो भइ मैदानमा उत्रन कम्तीमा पनि १ वर्ष लाग्ने हामीले बुझ्न आएको छ’, एन्फा प्रवक्ता सुरेश शाहले भने।