बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नम्बरको बसले ना३९प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।


२३ फागुन, काठमाडौं । बारामा बसको ठक्करबाट शुक्रबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१४ स्थित बघवनमा बसले ठक्कर दिँदा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादवको मृत्यु भएको हो।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नम्बरको बसले ना३९प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। घटनालगत्तै मोटरसाइकल चालकलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

यादवको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ। प्रहरीले मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *