आयोजक भक्तपुर निस्ट स्कुल सँगै दीक्षालय गर्ल्स बास्केटबलको फाइनलमा
२३ फागुन, काठमाडौं । दीक्षालय तेस्रो निस्ट कपअन्तर्गत आयोजक भक्तपुर निस्ट स्कुल बास्केटबलको सिनियर गर्ल्समा शुक्रबार फाइनल पुगेका छन् ।
घरेलु कोर्टमा निस्टले त्रियोगलाई २५–१५ स्कोरले पराजित गर्यो । अर्को सेमिफाइनलमा दीक्षालयले चेल्सी वर्ल्ड स्कुललाई २३–१७ ले हराय सगै निस्ट र दीक्षालय फाइनलमा भिड्ने भएका छन् ।
सिनियर ब्वाइजमा बौद्धस्कुलले राजश्री गुरुकुललाई ४३–२८ तथा टीआईएले निस्टलाई ५१–२९ ले हराएर उपाधि भिडन्त पक्का गरे । जुनियर गर्ल्समा आर्या एकेडेमीले जनप्रेमी वर्ल्ड स्कुललाई १५–१२ र चेल्सीले निस्टलाई २५–१६ ले पन्छ्याउ्दै फाइनल यात्रा तय गरे ।
विद्यार्थीमा स्वच्छ वातावरण बारे सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको क्लाइमेट च्याम्पियनमा न्यु सुन्ताखाना १ सय ८० अंकसाथ शीर्षस्थानमा छ । मल्पी स्कुल १ सय ५० अंकसाथ दोस्रो स्थानमा छ । अघिल्लो दिन बिहीबार १ सय ३० अंकसाथ शीर्ष स्थानमा रहेको चेल्सी १ सय ४५ अंकसाथ तेस्रो स्थानमा छ । समान अंकमा चेल्सीसँगै राजश्री गुरुकुल पनि तेस्रो स्थानमा छ ।