रास्वपा सभापति लामिछाने तारिख बुझ्न कास्की अदालत जाँदै

उनी पोखराबाट सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारिख रहेको छ ।

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।

उनी तारिख बुझ्न काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् । कास्की अदालतमा उनको यो दोस्रो तारिख हो ।

उनी पोखराबाट सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारिख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।

यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए । पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *