चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जनाएका छन्।

२५ फागुन, काठमाडौं । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतो रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको जानकारी दिएका छन्।

जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *