स्कुटर चोरेको आरोपमा २ जना पक्राउ

वास्तविक नम्बर बा८७प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो।


२५ फागुन, काठमाडौं । स्कुटर चोरेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भइ हाल मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन् ।

वास्तविक नम्बर बा८७प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो।

उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनी निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाएर राखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो ।

वास्तविक नम्बर बा ९२प९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वत्त बालाजु पठाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *