विमानस्थल प्रवेशमा कडाइ, टिकटवाला बाहेकलाई प्रवेश निषेध

हवाई टिकट भएका यात्रु र कर्मचारीबाहेक अन्य व्यक्तिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।


२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज हवाई मार्ग हुँदै पोखराबाट काठमाडौं प्रस्थान गर्दैछन् । राजावादीहरूले उनको स्वागतका लागि विशेष तयारी गरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज बिहानैदेखि सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । विमानस्थलभित्र पनि सुरक्षा सतर्कता बढाइएको छ । हवाई टिकट भएका यात्रु र कर्मचारीबाहेक अन्य व्यक्तिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

दिउँसो १ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनको स्वागतका लागि राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी समूह विमानस्थल पुग्ने तयारीमा छन्। यही कारण सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *