टेकुको ढलमा खसेका पुरुषको उद्धार
प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको बताए ।

२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।
विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई उद्धार गरेको हो ।
प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको बताए ।
उद्धार गरिएका व्यक्ति अन्दाजी ३१ वा ३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ ।