सहकारी ठगी प्रकरण ः कुमार रम्तेललाई बयानका लागि काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
३ मंसिर, काठमाडौं । गत शनिबार पोखराबाट सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ ।
प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई पोखराबाट काठमाडौं ल्याएको हो ।
रम्तेल कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि उनिलाई काठमाडौं झिकाइएको हो ।
२५ भदौमा पक्राउ परेका रम्तेलको बयान अन्तिम चरणमा पुगेकाले आज वा भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो ।
आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए ।