तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० घाइते
२ मंसिर, काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किए दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएको जानकारी दिएका हुन् ।
दुर्घटनामा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको थापाले बताए । बस आपसमा ठोक्किदा दुई बसका ३० जना घाइते भएका छन् भने घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थापाले बताए ।