चीनले आजदेखि अमेरिकी सामानमा १५% कर लगाउने
एक महिना पछि, ट्रम्पले चीनमाथि लगाइएको १०% कर बढाएर २०% पुर्याएका छन्।
२६ फागुन, काठमाडौं । अमेरिकी उत्पादनहरूमा चीनले लगाएको कर आज अर्थात् सोमबारदेखि लागू हुनेछ। अमेरिकाले लगाएको २०% अतिरिक्त करको जवाफमा चीनले यो कर लगाउन थालेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ मा चीनमाथि १०% अतिरिक्त कर लगाउने निर्णय गरेका थिए। एक महिना पछि, ट्रम्पले चीनमाथि लगाइएको १०% कर बढाएर २०% पुर्याएका छन्।
यसपछि चीनले अमेरिकाबाट आउने कोइला र एलएनजीमा १५% र कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १०% कर लगाउने घोषणा गरेको थियो।