भारतमा पानी ट्याङ्की सफा गर्दा निसास्सिएर चार कामदारको मृत्यु

निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

२६ फागुन, काठमाडौं । भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ।

निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको जनाइएको छ।

मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२ः३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *