१० निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।

२८ फागुन, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

आज सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको फागुन ५ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।

जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरणः

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *