गणतन्त्रको पक्षमा चैत १५ गते समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गर्ने
मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

२७ फागुन, काठमाडौं । समाजवादी मोर्चाले आगामी गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । आगामी चैत्र १५ गते काठमडौंमा मोर्चाले भव्य प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो ।
मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए ।
‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।