फिस्लिङ दुर्घटना : मृतकको पहिचान खुल्यो
३ मंसिर, काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।
प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका ६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।
उनको चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।
चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।