पहिचान पक्षधरद्धारा कोशीमा फेरि आन्दोलनको घोषणा , प्रदेशसभा घेराउदेखि हडतालसम्म
३ मंसिर, काठमाडौं । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन गर्नुपर्ने लगायतका मागसहित पहिचान पक्षधरले फेरि आन्दोलनको घोषणा गरेको छ ।
कोशी नाम खारेज गर्न समितिले माग गर्दै १७ फागुनलाई कालो दिवसको रुपमा मनाउने भएको छ ।
समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ गर्ने चेतावनी दिएको छ । साथै मुख्यमन्त्री कार्यालय घेराउ सहित अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।
तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।
प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेका छन् ।