कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

लीलादेवी श्रेष्ठको ८९ वर्षीया शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


२ चैत, काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।

लीलादेवी श्रेष्ठको ८९ वर्षीया शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा। प्रदिप पराजुलीले जानकारी दिए ।

लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै दुस्ख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *