तिनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जना काभ्रेका रमेश तामाङ र सुकराम तामाङ घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको हो।  


आज बिहान टिपरको ठक्करबाट कोटेश्वरको तिनकुनेमा एकजनाको मृत्यु भएको छ। बिहान अन्दाजी ४:३० बजे तिनकुने गैरीगाउ पेट्रोलपम्प अगाडि टिपरले मोटरसाइकललाघई ठक्कर दिएको हो।

३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई सेतो कलरको रातो पालले ढाकेको लोड ट्रिपरले ठक्कर दिएको जनाइएको छ। टिपर दुर्घटनापछि गौशालातर्फ फरार भएको थियो।

सवारी दुर्घटनामा दुई जना काभ्रेका रमेश तामाङ र सुकराम तामाङ घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको हो।

उपचारको क्रममा काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने सुकराम तामाङको बिहान साढे ५ बजे मृत्यु भएको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

काभ्रे बेथानचोक-६ का अन्दाजी ३० वर्षीय रमेश तामाङको उपचार भइरहेको छ। ठक्कर दिने टिपरलाई विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फेला नपरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *