भैरहवा विमानस्थलबाट ७ किलो गाँजासहित महिला पक्राउ

बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एसियाको विमानमार्फत ल्याइएको थियो।


४ चैत, काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग पक्राउ परेकी प्रहरी स्रोतले जनाएको छ।

‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ।’

बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एसियाको विमानमार्फत ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *