नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त
प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए।

४ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।
सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए।
२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए।