आईजी थापाको पहिलो निर्णय : प्रहरी सहुलियत कर्जा ५ लाख पुर्याइयो
यसअघि प्रहरी कर्मचारीले ४ लाख रुपैयाँ कर्जा पाउँदै आएको विशेष कल्याणकारी कोषअन्तर्गत सहुलियत कर्जाको रकम बढाएर पाँच पुर्याइएको बताए ।

६ चैत, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन पहिलो निर्णय गरेका छन् ।
मंगलबार आईजीको दर्ज्यानी चिह्न लगाएपछि गृहमन्त्रालयमा प्रहरी प्रधान कार्यालयमा पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा बोलाएका थिए । प्रहरी नायव महानिरीक्षक (डीर्आजी)भन्दा माथिल्लो दर्जाका अफिसर रहेन पीसीसी बैठकमार्फत सहुलियत कर्जाको रकम बढाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले यसअघि प्रहरी कर्मचारीले ४ लाख रुपैयाँ कर्जा पाउँदै आएको विशेष कल्याणकारी कोषअन्तर्गत सहुलियत कर्जाको रकम बढाएर पाँच पुर्याइएको बताए ।
त्यसैगरी यो कर्जा पाउन यसअघिसम्म ७ वर्ष प्रहरी सेवामा बिताएको हुनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई समेत घटाएर ५ वर्षमा झारिएको आचार्यले बताए । यो बाहेक अन्य विषयहरुलाई संशोधन गर्नुपर्ने भन्दै समिति गठन गर्नसमेत पीसीसीले निर्देशन दिएको छ ।