नेविसंघ विश्वविद्यालय क्याम्पसको ताला खोल्न सहमत, स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्ने

निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको


६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ । निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीचको छलफलमा ताला खोल्ने सहमति भएको हो ।

स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो । तालाबन्दीका कारण चैत ५ गते विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।

आज निर्वाचन समितिका पदाधिकारीहरुले नेविसंघका नेता विष्णु बडैला, डण्डीराज जोशी, अशोक सिंह विष्ट लगायतसँग निर्वाचन गराउने सन्दर्भमा गरेको छलफलमा ताला खोल्ने सहमति भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

नेविसंघका नेता श्यामराज ओझाले पनि आफूहरु ताला खोल्न सहमत भएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *