नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी, बाटाजु रथी

सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।


६ चैत, काठमाडौं । नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् । यही चैत चार गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।

आज बिहान बढुवापछि जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले दर्ज्यानी चिह्न ग्रहण गरे । प्रधानसेनापति अशोक राज सिग्देलले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *