ओरालो लागेको सेयर बजार अझैं थामिएन

अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार अझैं पनि थामिएको छैन। आज सेयर बजार १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा अडिएको छ।

बजार घट्दा कारोबार रकम भने बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरक सूचक घटे ।

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.३९ प्रतिशतले बढ्यो। गरिमा समृद्धि योजनाको ७.६९,भूगोल इनर्जी डेभलपमेन्टको ७.३५ र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले बढ्यो। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर  एण्ड डेभलपमेन्टको २३ करोड,नेपाल इन्स्योरेन्सको १७ करोड,ग्री डेभलपमेन्टको १५ करोड र हिमालयन पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ५३ वटा स्टक्सको मूल्य बढ्दा १८३ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *