भृकुटीमण्डपतर्फ बढ्यो समाजवादी मोर्चाको जुलुस

मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरेका छन् ।


१५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।

अहिले समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रमम जारी छ ।

मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरेका छन् ।

सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *