तीनकुनेमा राजावादी र प्रहरीबीच दोहोरो झडप, तीन व्यक्तिका घर तोडफोड

प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन्।


१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका थिए। तर,आन्दोलनकारीले नमानेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडप भएको छ।

समर्थकहरूले तीन व्यक्तिका घर समर्थकहरूले पनि तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।

प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन्।

राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *