तीनकुनेको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजामाथि जाने
सरकारका एक मन्त्रीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर आन्दोलनका लागि निर्देशन दिएका थिए ।

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा आज चैत्र १५ गते भएको आगजनी, तोडफोड, लुटपाुट र प्रहरीमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरिने भएको छ ।
सरकारका एक मन्त्रीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर आन्दोलनका लागि निर्देशन दिएका थिए । जसका कारण हिंसात्मक गतिविधि भड्कियो। सरकारले निजी तथा सरकारी सम्पत्तिको क्षति, प्रहरीमाथिको आक्रमण, लुटपाट र हतियार खोस्ने प्रयासलाई योजनाबद्ध अपराध भन्दै यस घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजामाथि जाने स्पष्ट पारेको छ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका हुन् ।
तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुस्ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘साथीहरु आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपुर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो अझै तिनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन । मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तीको सास फेर्नेछ । ’
‘प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’