तीनकुनेबाट सुटुक्क गाडीमा निस्किए दुर्गा प्रसाईं

स्रोतका अनुसार उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका हुन् ।

१५ चैत, काठमाडौं । तीनकुनेबाट राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।

स्रोतका अनुसार उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका हुन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।

राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध सभा गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *