दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

तीनकुनेको सभा बिथोलिएपछि शुक्रबार दिउँसो बीएबी ४२०८ नम्बरको गाडी आफैंले चलाएर प्रसाईं प्रदर्शन भीडबाट बाहिरिएका थिए ।


१५ चैत, काठमाडौं । तीनकुने प्रदर्शनमा जनकमान्डर तोकिएका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

तीनकुनेको सभा बिथोलिएपछि शुक्रबार दिउँसो बीएबी ४२०८ नम्बरको गाडी आफैंले चलाएर प्रसाईं प्रदर्शन भीडबाट बाहिरिएका थिए ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *